सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०९:३५ |सिड्नीको समय: ०७:३५ |काठमाडौंको समय: ०३:२०

काठमाडौँको सामाखुसीमा बाढीले बालक बगायो !!

एएनजेड खबरजुलाइ २४, २०२३

 काठमाडौँको सामाखुसीमा बाढीले बगाउँदा १३ वर्षका बालक साजन मगर बेपत्ता भएका छन् । पानी पोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने बालकलाई हिजो बगाएको हो। 

प्रहरीका अनुसार विद्यालयबाट फर्किएपछि खेल्न निस्केका साजनलाई स्थानीय सानो खोल्सीले बगाएको हो । 

साजनलाई बगाएको खबर पाएसँगै नेपाल प्रहरीको गोङ्गबुस्थित प्रभाग, महाराजगन्ज वृत्त, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विपद् व्यवस्थापनमा खटिने टोलीले खोजी गरिरहेको छ ।

तपाइँको प्रतिक्रिया