सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०९:२२ |सिड्नीको समय: ०७:२२ |काठमाडौंको समय: ०३:०७

कांग्रेसको केन्द्रीय समिति बैठक – आज सभापति र महामन्त्रीहरूले जवाफ दिने 

एएनजेड खबरजुलाइ २४, २०२३

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज अपराह्न ३ बजेदेखि बस्दैछ।

आजको  बैठकमा सभापति शेरबहादुर देउवा र महामन्त्री द्वय विश्वप्रकाश शर्मा र गगन थापाले  केन्द्रीय सदस्यहरूले राखेको धारणामा जवाफ दिने बताइएको छ।  

असार २ गतेदेखि जारी बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले १० एजेन्डा र महामन्त्री गगन थापाले प्रस्तुत गरेको वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए।

महामन्त्रीहरूले प्रस्तुत गरेको विषयमा हिजोसम्म केन्द्रीय सदस्यहरूले आ-आफ्ना धारणा तथा सुझाव राखेका थिए। केन्द्रीय सदस्यहरूको धारणा तथा सुझावको आज सभापति र महामन्त्रीहरूले जवाफ दिने छन्। 

तपाइँको प्रतिक्रिया