सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०९:१९ |सिड्नीको समय: ०७:१९ |काठमाडौंको समय: ०३:०४

चर्चित भ्रष्टाचार काण्डहरूको छानबिनमा कांग्रेसले नेतृत्व लिनुपर्छ : नेता अर्जुननरसिंह केसी

एएनजेड खबरजुलाइ २३, २०२३

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भुटानी शरणार्थी, बालुवाटारलगायत काण्डको छानबिनमा सहयोग नगरे अर्को चुनावमा जनताबाट अस्वीकृत हुने बताएका छन्।

आजको केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले चर्चित भ्रष्टाचार काण्डहरू छानबिन गर्न पार्टीले सहयोग र नेतृत्व लिनुपर्ने बताएका हुन्। 

नेता केसीले पार्टीभित्र पात्र होइन, प्रवृत्ति परिवर्तन हुनुपर्ने  समेत बताए। केही केन्द्रीय सदस्यले सभापति नै संस्था हो भन्ने हिसाबले धारणा राखेको भन्दै उनले त्यो कुरा मान्न आफू तयार नरहेको भनाइ राखे। 

उनले भने ,‘सभापति नै संस्था हो भन्ने कुरा म मान्दिनँ,उनले भने, ‘पार्टीभित्र पात्र होइन, प्रवृत्ति परिवर्तन हुनुपर्छ।’

तपाइँको प्रतिक्रिया