सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०९:३२ |सिड्नीको समय: ०७:३२ |काठमाडौंको समय: ०३:१७

काँग्रेस केन्द्रीय समिति बैठक – आज छैटौँ दिन पनि बस्ने 

एएनजेड खबरजुलाइ २३, २०२३

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । छैटौँ दिनको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने छ ।

गत मङ्गलवारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको छ । महामन्त्री गगन थापाले केन्द्रीय सदस्यहरूलाई बैठकमा प्रस्तुत विभिन्न १० एजेन्डाको प्रतिवेदन प्रस्तुत गरेका थिए । 

सबै सदस्यहरूले प्रतिवेदनमा  केन्द्रित भएर ७ मिनेट मित्र आफ्ना धारणा राख्न समय निर्धारण गरिएको छ ।

यसअघि धारणा राखेका सदस्यहरूले पार्टीभित्र गुटगत गतिविधि बढेकोमा चिन्ता व्यक्त गर्दै काँग्रेसलाई एक ढिक्का बनाएर लैजानु पर्नेमा जोड दिएका थिए ।

तर भ्रष्टाचारको आरोपमा जेल गएका पूर्व गृहमन्त्री बालकृष्ण खाँडको बारेका बैठकमा खासै कुरा उठेको छन्। केही केन्द्रीय सदस्यहरूले भने खाँडको बचाउ गरेका थिए।  

तपाइँको प्रतिक्रिया