सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०९:३५ |सिड्नीको समय: ०७:३५ |काठमाडौंको समय: ०३:२०

एकीकृत समाजवादीको महाधिवेशन माघमा गर्न अध्यक्षको  प्रस्ताव 

एएनजेड खबरजुलाइ २१, २०२३

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको महाधिवेशन माघमा गर्न प्रस्ताव गरेका छन्। कीर्तिपुर, चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा गत शुक्रवारदेखि चलिरहेको सचिवालय बैठकमा अध्यक्ष नेपालले पार्टीको महाधिवेशनको प्रस्ताव राखेका हुन्। 

कसैले फागुन २१ गते महाधिवेशन गर्नुपर्ने, कसैले मङ्सिरमै गर्नुपर्ने भने पनि अध्यक्ष नेपालले पार्टीको महाधिवेशन माघमा गर्न प्रस्ताव गरेको उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिएका हुन्। 

झन्डै दुई वर्ष अघि एमालेबाट विभाजन भएर गठन भएको एकीकृत समाजवादीले पहिलो पटक महाधिवेशन गर्न लागेको हो। एक साता देखि जारी सचिवालय बैठक आजै सकिने छ।

तपाइँको प्रतिक्रिया