सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०९:२० |सिड्नीको समय: ०७:२० |काठमाडौंको समय: ०३:०५

बरामद सुन जोख्न राष्ट्र बैङ्क पठाइयो !

एएनजेड खबरजुलाइ २०, २०२३

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको सुन जोख्न राष्ट्र बैङ्क पठाइएको छ । राजश्व अनुसन्धान विभागले सुन जोख्न बबरमहलस्थित राष्ट्र बैङ्कको टक्सार विभागमा पठाएको बुझिएको हो। 

मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन हिजो भन्सार जाँच पास गरेर बाहिरिइसकेको अवस्थामा राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । विभागका अनुसार अनुमानित सुन ८० देखि १०० किलोसम्म रहेको बताइएको छ। 

बरामद सुनको परिमाण यकिन नभएकाले सुन जोख्न आज राष्ट्र बैङ्क पठाएको हो । यो प्रकरणमा एक जना भारतीय नागरिकसहित ६ जना पक्राउ परिसकेका छन् । 

तपाइँको प्रतिक्रिया