सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०९:२६ |सिड्नीको समय: ०७:२६ |काठमाडौंको समय: ०३:११

सुन तस्करी काण्ड – भन्सार अधिकृत निलम्बित, जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी !!

एएनजेड खबरजुलाइ २०, २०२३

 हिजो झन्डै १०० किलो सुन बरामद भएको घटनामा पछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत र नायब सुब्बालाई निलम्बन गरिएको छ। 

 भन्सार अधिकृत सन्तोष चन्दलाई निलम्बन गरिएको हो। उनी सँगै अर्का  निलम्बनमा परेका नायब सुब्बाको भने नाम खुल्न बाँकी छ।उनीहरू सुनको भन्सार पासमा संलग्न देखिएकाले निलम्बन गरिएको विभागले जनाएको छ। 

प्रारम्भिक चरणमा उक्त सुन जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको विभागले जनाएको छ । विभागका अनुसार आन्तरिक छानबिन तीव्र पारेर जाँच पासमा संलग्न सबै निलम्बन गर्ने तयारी गरिएको छ। 

हिजो भन्सार पास भई आएको लगभग १०० किलो सुन ट्याक्सीमा हालेर लैजाने लाग्दा एयरपोर्ट बाहिरबाट बरामद गरिएको थियो। 

सुन ओसारपसारमा संलग्न आरोपमा दोलखाको मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौँको साँखु बस्ने २१ वर्षीय दिलीप भुजेल, सोही ठेगानाका वर्ष ५३ का रामकुमार भुजेल, भोजपुर अरुण गाउँपालिका ४ घर भई हाल बुढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र पुरानो दिल्ली घर भई हाल काठमाडौँको पानीपोखरी बस्ने ५३ वर्षका भारतीय नागरिक थाप्तेन छिरिङल रहेका छन्। 

तपाइँको प्रतिक्रिया