सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०९:२५ |सिड्नीको समय: ०७:२५ |काठमाडौंको समय: ०३:१०

एमाले महासचिव पोखरेल भन्छन् – नयाँ राजनीतिक दलको उदयपछि बिदेसिनेको सङ्ख्या बढ्यो 

एएनजेड खबरजुलाइ १८, २०२३

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले नयाँ दल राजनीतिमा उदाएपछि बिदेसिने नेपालीको सङ्ख्या बढेको आरोप लगाएका छन् । उनले विदेश गएकाहरूलाई फर्काउँछौँ भन्नेहरूका कारण देश छाड्नेहरू बढेको बताएका हुन्। 

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै फेसबुक मार्फत उक्त दल राजनीतिमा आएपछि बिदेसिनेको सङ्ख्या बढेको भन्दै यसको जिम्मा एमालेले नलिने बताए। 

नेता शंकर पोखरेल

‘नेकपा (एमाले) सरकारमा आउँदा रोजगारीका लागि विदेशमा जाने घट्ने र सरकारबाट हट्दा बढ्ने तथ्यले देश बनाउन सक्ने पार्टी नेकपा(एमाले) हो भन्ने जनविश्वासलाई उजागर गर्छ,’ उनले भनेका छन्, ‘तर तथ्यहीन रूपमा पुराना पार्टीका कारणले बिदेसिने बढे भनेर नेकपा (एमाले)लाई समेत जोड्ने प्रयास गर्नु कुप्रचार हो।’ 

नयाँ र पुरानाका नाममा पक्ष र विपक्षमा बाँडिनुभन्दा एजेन्डाका आधारमा ठिक र बेठीक छुट्ट्याउने गरी समस्याको समाधानका लागि छलफल–बहसमा जोडिनु जनता र राष्ट्रको हितमा हुने महासचिव पोखरेलको भनाइ छ। 

तपाइँको प्रतिक्रिया