सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०९:३१ |सिड्नीको समय: ०७:३१ |काठमाडौंको समय: ०३:१६

रास्वपाको विधान विपरीत काम – शिक्षक नै ५ महिनासम्म रुपन्देहीका संयोजक !

एएनजेड खबरजुलाइ १८, २०२३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको विधान विपरीत कार्य गरेको खुलेको छ। रुपन्देही जिल्लाको संगठानिक विवाद छताछुल्ल भएपछि उक्त कुरा बाहिर आएको हो। 

रास्वपा रुपन्देही जिल्ला संयोजक रहेका प्रकाश ज्ञवाली एक विद्यालयको शिक्षक भएको खुलेको हो। रास्वपाले आफ्नो पार्टी विधानमा कुनै पनि शिक्षण पेसामा आबद्ध भएका व्यक्ति पार्टीको साधारण सदस्य समेत हुन नपाउने उल्लेख गरेको छ तर सोही विधान विपरीत ५ महिनासम्म ज्ञवाली रुपन्देहीको पार्टी संयोजक रहेका थिए। रास्वपाको विधानको धारा १३ को (ङ) मा कुनै पनि शिक्षकले पार्टीको सदस्यता नपाउने उल्लेख छ। 

रास्वपाले अन्य दलहरूलाई गाली गर्दै शिक्षकहरूलाई पार्टीको झोले कार्यकर्ता बनाएको आरोप लगाएर  राजनीतिको रोटी सेकाइरहेको बेला सो पार्टीले विधान विपरीत शिक्षकलाई  नै ५ महिनासम्म जिल्ला संयोजक बनाए पछि विवाद आएको हो। 

विवाद झगडा हुँदै कुटाकुटसम्म पुगेपछि यो मुद्दा प्रहरीसम्म पुगेको थियो। प्रहरीले दुवै पक्षलाई राखेर छलफल गरेपछि विवाद तत्कालको लागी केही हदसम्म मिलेको देखिन्छ। हाल ज्ञवालीलाई हटाएर प्रदेश कमिटी सदस्य रहेका बुद्धिप्रसाद शर्मालाई संयोजक बनाइएको छ । सैनामैनाका दामोदर खत्रीलाई विवाद बाहिर ल्याएको भन्दै पार्टीको केन्द्रीय अनुसन्धान टिमले थप अनुसन्धानको लागी काठमाडौँ बोलाइएको छ ।

तपाइँको प्रतिक्रिया