सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०९:३४ |सिड्नीको समय: ०७:३४ |काठमाडौंको समय: ०३:१९

एमाले नेता विजयबहादुर यादव पक्राउ !!

एएनजेड खबरजुलाइ १७, २०२३

लुम्बिनी प्रदेशका पूर्व कृषि मन्त्री एवं एमाले नेता विजयबहादुर यादवलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई  बैङ्किङ कसुर मुद्दामा बाँके प्रहरीले  पक्राउ गरेको हो ।

 बाँकेबाट खटिएको प्रहरी टोलीले पूर्व मन्त्री यादवलाई आइतबार बाँकेको डूडुवा गाउँपालिका–१ होलियाबाट पक्राउ गरेको हो । बैङ्किङ कसुर मुद्दामा रुपन्देही जिल्ला अदालतले यादवको नाममा पक्राउ पुर्जी जारी गरेपछि बाँके प्रहरीले यादवलाई पक्राउ गरी जिल्ला अदालत रुपन्देहीमा बुझाएको छ। 

नेपाली काँग्रेसबाट राजनीति सुरु गरेका यादव अघिल्लो चुनावमा टिकट नपाएपछि जसपाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । पार्टीको निर्णय विपरीत दोस्रो पटक शङ्कर पोखरेल नेतृत्वको सरकार टिकाउन सरकारमा सहभागी भएको भन्दै पार्टीले कारबाही गरेपछि उनको प्रदेशसभा सदस्यसँगै मन्त्री पद समेत गएको थियो । पछिल्लो चुनावमा उनी एमाले प्रवेश गरेका थिए ।

तपाइँको प्रतिक्रिया