सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०९:१७ |सिड्नीको समय: ०७:१७ |काठमाडौंको समय: ०३:०२

प्रधानमन्त्री प्रचण्डको फोटोलाई तोडमोड गरी बदनाम गराउन खोज्नेलाई प्रहरीले समात्यो  

एएनजेड खबरजुलाइ १७, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्बिरलाई तोडमोड गरेर बदनाम गराउन खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ। टाइगर रानामागर भनिने शेरबहादुर रानामगरलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले हिजो पक्राउ गरेको हो ।

उनले फोटोमा फोटो जोडेर नक्कली भारतीय आधार कार्ड, रासन कार्ड र स्थायी लेखा सङ्ख्या कार्डलगायत नक्कली दस्ताबेज बनाएर सामाजिक सञ्जालमा सेयर गरेका थिए। 

फोटोसपमार्फत नक्कली दस्ताबेज बनाएर सामाजिक सञ्जालमा भ्रम फैलाउने काम गरेको आरोपमा सीआईबीको टोलीले बुटवलको सुख्खानगरबाट पक्राउ गरेको हो ।

 उनलाई थप अनुसन्धानका लागि सीआईबीको टोलीले काठमाडौँ ल्याएको बुझिएको छ ।

तपाइँको प्रतिक्रिया