सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०९:१५ |सिड्नीको समय: ०७:१५ |काठमाडौंको समय: ०३:००

विवादपछि रास्वपा रुपन्देही अध्यक्ष फेरिए – झगडिया खत्रीलाई काठमाडौँ बोलाइयो 

एएनजेड खबरजुलाइ १७, २०२३

 रुपन्देहीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा विवाद र झगडाले उग्र रूप लिएपछि जिल्ला अध्यक्ष नै फेरिएको छ। दुई गुटबिच सदस्यता खारेजीको विषयमा उत्पन्न भएको विवाद कुटाकुटसम्म पुगेपछि  ५ महिनामा जिल्ला अध्यक्ष बदलिएको हो। 

कुटपिट र आन्तरिक झगडाको विषय सार्वजनिक भएपछि दुई पक्षलाई इलाका प्रहरी कार्यालयमा मिलापत्र गराइएको छ । रास्वपाले यो घटनामा संलग्न भएको र कुटपिटको घटना बाहिर ल्याउनेलाई थप अनुसन्धानका लागि काठमाडौँ बोलाइएको छ ।

जिल्लाको सदस्यता खारेजीको  विवाद र कुटपिट गरेको विषय प्रहरीसम्म पुगेपछि रास्वपाको चारै तिरबाट आलोचना हुन थालेको छ । पुराना दलहरूको विकल्पमा आफूलाई उभ्याएको उक्त दल पार्टी स्थापना भएको छोटो समयमै  आन्तरिक लफडामा परेको भन्दै आलोचना हुँदै आएको छ। 

विवादपछि अहिले रुपन्देही जिल्लाका संयोजक रहेका प्रकाश ज्ञवालीलाई हटाएर प्रदेश कमिटी सदस्य रहेका बुद्धिप्रसाद शर्मालाई संयोजक बनाइएको छ । सैनामैनाका दामोदर खत्रीलाई विवाद बाहिर ल्याएको भन्दै  पार्टीको केन्द्रीय अनुसन्धान टिमले थप अनुसन्धानको लागी भन्दै काठमाडौँ बोलाइएको छ ।

खत्रीलाई विवाद सार्वजनिक गरेको  पार्टीभित्रका समस्या बाहिर ल्याएको आरोपमा केन्द्रीय अनुसन्धान टिमले ४ गते काठमाडौँ बोलाएको हो। 

तपाइँको प्रतिक्रिया