सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ११:३० |सिड्नीको समय: ०९:३० |काठमाडौंको समय: ०५:१५

इक्यानको अध्यक्षमा शेषराज भट्टराई निर्वाचित 

एएनजेड खबरजुलाइ १६, २०२३

नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) को अध्यक्षमा  शेषराज भट्टराई निर्वाचित भएका छन्। हिजो शनिवार भएको निर्वाचनमा भट्टराईले अध्यक्षका अर्का प्रतिस्पर्धी पूर्व अध्यक्ष विष्णुहरि पाण्डेलाई पराजित गरेका हुन्। 

 अध्यक्षमा निर्वाचित भट्टराईको आफ्नै कन्सल्टेन्सी रहेको छ। उनी अर्बिट इन्टरनेसनल एजुकेसनका सिइओ  हुन्। 

नवनिर्वाचित अध्यक्ष भट्टराईले २३८ मत  प्राप्त गरेर निर्वाचित बनेका हुन्।  उनका प्रतिस्पर्धी  पाण्डेले १४६ मत मात्रै प्राप्त गरेका थिए। इक्यानको महासचिवमा भने हालकै महासचिव दीपकराज भुसाल २५५ मतसहित विजयी भएका छन्  । उनका  प्रतिस्पर्धी वासुदेव दाहालले १६० मत मात्र पाए। 

इक्यानको उपाध्यक्षहरूमा ३ जना निर्वाचित भएका छन्।  २२८ मतसहित एन्ड्रीयू पौडेल , १७२ मतसहित भुवनबहादुर क्षेत्री र १५२ मतसहित गीता सिवाकोटी निर्वाचित भएका हुन्  । 

सचिवमा भवनाथ हुमागाईँ २६० मत र रत्नबहादुर भट्टराई १६८ मतसहित निर्वाचित भए छन्  । कोषाध्यक्षमा आसिक कार्की र सह कोषाध्यक्षमा विकल्पराज पोखरेल विजयी  बनेका छन्। कार्यसमिति सदस्यहरूमा सुरज सिलवाल, साधना पुडासैनी, उमा खड्का पाठक, मन्जित ढकाल, गोविन्द खनाल, आशिष रायमाझी, शशीप्रसाद भट्टराई, विजयकुमार बस्नेत र श्रीराम गिरी निर्वाचित भएका हुन्। 

इक्यान शैक्षिक परामर्श संस्थाहरूको छाता सङ्गठन हो । जसले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरूको लागि नीति नियममा बसेर उचित परामर्श दिँदै समाजमा देखिएका विकृति र विसङ्गति विरुद्धमा आवाज उठाउँदै आइरहेको छ। 

तपाइँको प्रतिक्रिया