सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ११:२४ |सिड्नीको समय: ०९:२४ |काठमाडौंको समय: ०५:०९

सप्तकोशीको पुलबाट ट्रक नदीमा खस्यो !

एएनजेड खबरजुलाइ १४, २०२३

सुनसरी र सप्तरीको सिमानामा पर्ने कोसी ब्यारेजको पुलबाट एउटा ट्रक नदीमा खसेको छ। आज बिहान ७:४० बजे बससँग ठोक्किएर ट्रक नदीमा खसेको प्रहरीले जनाएको छ ।

 नदीमा खसेको ट्रक अहिले देख्न नसक्ने अवस्थामा बेपत्ता भएको छ । प्रहरीले ट्रकमा सवार तीन जनालाई भने डोरीको साहयताबाट सकुशल उद्धार गरेको छ ।

पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस सुनसरी कोशी ब्यारेजको पुलमा ठोक्किएर दुर्घटना भएको थियो ।

सुनसरी प्रहरीका अनुसार ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा कोशी ब्यारेजको १० नम्बर ढोका तर्फको बार भत्किएर ट्रक नदीमा खसेको हो । 

तपाइँको प्रतिक्रिया