सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ११:३० |सिड्नीको समय: ०९:३० |काठमाडौंको समय: ०५:१५

नक्कली भुटानी शरणार्थी प्रकरण – थप एक जना पक्राउ 

एएनजेड खबरजुलाइ १३, २०२३

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका अर्का एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका-३० घर भई नयाँ बजार खुशिबु बस्ने ५९ वर्षीय केशव तुलाधरलाई पक्राउ गरेको हो। 

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सानो भर्‍याङबाट उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। उनलाई थप अनुसन्धानको लागी  जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाएको छ। 

प्रहरीका अनुसार भुटानी शरणार्थी प्रकरणमा उनको बैङ्क खाता प्रयोग भएको थियो। 

तपाइँको प्रतिक्रिया