सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ११:३३ |सिड्नीको समय: ०९:३३ |काठमाडौंको समय: ०५:१८

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन !!

एएनजेड खबरजुलाइ १२, २०२३

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ।  नर्भीक अस्पतालमा उनको आज बिहान बिहान ८:३३ बजे निधन भएको अस्पतालले बताएको छ।

दाहाल माओवादी केन्द्रका सल्लाहकार समेत रहेको थिइन्।

 उनको  पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडा, कोटेश्वरमा राखिने र २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने सचिवालयले  जानकारी दिएको छ। 

स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन् ।

पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् ।

तपाइँको प्रतिक्रिया