सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ११:३२ |सिड्नीको समय: ०९:३२ |काठमाडौंको समय: ०५:१७

प्रधानमन्त्रीले संसदमा केटाकेटीले जस्तै रोएर ध्यान तान्नुभयो : एमाले अध्यक्ष केपी ओली 

एएनजेड खबरजुलाइ ११, २०२३

 नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌मा रोएर ध्यान तानेको आरोप लगाएका छन्। उनले प्रधानमन्त्रीको हिजोको सम्बोधनलाई ‘केटाकेटीपन’को संज्ञा दिएका हुन्। 

आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने,‘हिजो पनि ठूला कुरा सुन्दै थिए म प्रधानमन्त्रीजीका पार्लियामेन्टमा । केटाकेटीको बल नै रुनेमा हुन्छ,। उनले थपे , ‘आमाको ध्यान तान्ने रोएर, अरूको ध्यान तान्ने रोएर। भोक लाग्यो भन्नुपर्‍यो रुने, थकाई लाग्यो भन्नुपर्‍यो रुने। उसको बल नै, तागत नै त्यही हो।’

उनले अहिलेको प्रचण्ड सरकारको तागत नै झुट बोल्ने रहेको आरोप लगाए। ओलीले आफ्नो पार्टी २०८४ सालको निर्वाचनमा एक्लै बहुमत ल्याउने मिसनमा लागेको पनि बताए । उनले सरकार र सत्तारुढ दलहरूले झूट बोल्ने बाहेक केही पनि काम गर्न नसकेको आरोप समेत लगाए। 

‘बाबुआमाले टेरेन, मानेन भने चल्काएर ल्याई हाल्छ बाबुआमालाई। बालकको रोदनमा तागत हुन्छ। विभिन्नको तागत विभिन्न चिजमा हुन्छ। र, अहिलेको सरकारको तागत झूट बोल्ने, अफवाह फैल्याउने, गठबन्धनका मान्छेहरूको त्यही देखिन्छ,’ ओलीले भने।

तपाइँको प्रतिक्रिया