सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ११:२३ |सिड्नीको समय: ०९:२३ |काठमाडौंको समय: ०५:०८

 मनाङ एयरको हेलिकोप्टर लामाजुरामा दुर्घटना  !!

एएनजेड खबरजुलाइ ११, २०२३

पाँच जना यात्रु बोकेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ। सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको त्रिभुवन विमानस्थलले जनाएको हो।

 बेपत्ता हेलिकोप्टरमा सवार पाँचै जना मेक्सिकन नागरिक हुन्। बेपत्ता  हेलिकोप्टर सोलुखुम्बुको दूधकुण्ड नगरपालिका-२ लामाजुरा पासमा दुर्घटना भएको अपुष्ट खबर छ। 

हेलिकोप्टरमा ५ जना विदेशी यात्रुसहित पाइलट सवार थिए। हेलिकोप्टरका पाइलट नेपाली थिए। उनको विवरण खुलिसकेको छैन।  सोलुखुम्बुको लुक्लाबाट बिहान १० बजे उडेको हेलिकोप्टर १२ मिनेटपछि सम्पर्कविहीन भएको हो।

तपाइँको प्रतिक्रिया