सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ११:२५ |सिड्नीको समय: ०९:२५ |काठमाडौंको समय: ०५:१०

एमालेले आज पनि संसद् बैठक चल्न नदिने !

एएनजेड खबरजुलाइ ९, २०२३

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे डाकिएको छ । गत मङ्गलवार प्रतिपक्षदलहरुले अवरुद्ध गरेपछि संसद् बैठक आजलाई बोलाइएको हो ।

आजको बैठकको कार्यसूचीमा ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक–२०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरूबाट प्राप्त विरोधको सूचनालाई निर्माणार्थ प्रस्तुत गरिने उल्लेख छ । त्यस्तै राष्ट्रिय सभामा उत्पत्ति भएको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८० माथिको दफावार छलफलको प्रस्ताव प्रस्तुत गरिँदैछ । 

राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक–२०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक आजको प्रतिनिधिसभा बैठकमा टेबुल गरिने संसद् सचिवालयले जनाएको छ ।

तर, एमाले, राप्रपा र रास्वपाले आज पनि संसद् बैठक चल्ने नदिने बताएका छन्  । प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिले मुलुकको स्वाधीनतामाथि नै प्रश्न चिन्ह उठेको ती दलहरूले बताउँदै आएका छन् ।

एमालेले भने प्रधानमन्त्रीको राजीनामालाई बटमलाईन बनाएको छ। 

तपाइँको प्रतिक्रिया