शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ११:५४ |सिड्नीको समय: ०९:५४ |काठमाडौंको समय: ०५:३९

थारु सोसाइटी अफ सिड्नी अष्ट्रेलियाको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा दीपनारायण चौधरी पुन: चयन

एएनजेड खबरजुलाइ ९, २०२३

नेपालको विभिन्न भूभागबाट अष्ट्रेलिया आई विभिन्न पेसा व्यवसाय र अध्ययन अध्यापनमा रहेका थारु समुदायबीच साझा चौतारीको रूपमा स्थापित थारु सोसाइटी अफ सिड्नी अष्ट्रेलियाको दोस्रो अधिवेशन  सम्पन्न भएको छ। 

हिजो ८ जुलाईका दिन सिड्नीको इन्द्रेणी फंक्सन सेन्टर रकडेलमा सम्पन्न भएको हो। अधिवेशनले वर्तमान अध्यक्ष दीपनारायण चौधरीलाई पुन: अध्यक्षमा चयन गरेको छ भने निवर्तमान कार्य समितिलाई थोरै मात्र थपघट गरी आगामी कार्यकालको लागि नयाँ कार्यसमितिको चयन गरेको हो। 

कार्यसमितिमा दुई उपाध्यक्ष चुनिएका छन्।   निमेष लेखि र विनय  चौधरीलाई  उपाध्यक्ष चयन गरेको हो। महासचिवमा पृथ्वी चौधरी, सहसचिवमा सोफिया चौधरी र  कोषाध्यक्षमा रिन्कु चौधरी, सह कोषाध्यक्षमा  सिम्रिका चौधरी रहेका छन्। 

त्यस्तै  पब्लिक रिलेसन अफिसरमा अरुण आर्यण चौधरी, कल्चरल सेक्रेटरीमा  पूजा चौधरी, स्पोर्ट्स सेक्रेटरीमा सिद्धान्त चौधरी र आइटी कोअर्डिनेटरमा उमेश चौधरीलाई नै निरन्तरता दिइएको छ । संस्थाको कार्यसमिति सदस्यहरूमा  रितु चौधरी, सुनाम चौधरी, मधुकर चौधरी, उपशना चौधरी, रञ्जना चौधरी , नजमा चौधरी, श्वेता चौधरी, रञ्जना चौधरी, सागर चौधरी, मिलन चौधरी, सुनिल चौधरी,आर्यण चौधरी थारु रहेका छन् ।

 महिला सहभागितालाई अझै बढाउँदै लाने उद्देश्यले संस्थाले संयोजकमा मिश्रा कुमारी चौधरी, सहसंयोजकमा सुनिता चौधरीलाई जिम्मेवारी दिएको छ। यसै गरी संस्थाले  रामेश्वर चौधरी वरिष्ठ सल्लाहकार रहेको र दुर्गानन्द चौधरी तथा जानुका चौधरी सल्लाहकार रहेको तिन सदस्यीय सल्लाहकार समितिको पनि गठन गरेको छ।

संस्थाका पब्लिक अफिसर अरुण चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको अधिवेशन कार्यक्रममा महासचिव पृथ्वी चौधरीले संस्थाको स्थापना काल देखि हालसम्म भएको सम्पूर्ण कार्य विवरण प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष रिंकु चौधरीले संस्थाको आय व्यय प्रस्तुत गरेकी थिइन्  । 

पुन अध्यक्ष निर्वाचित भई जिम्मेवारी लिएसँगै नवनिर्वाचित अध्यक्ष दीप नारायण चौधरीले संस्थालाई अझै सबल बनाउँदै, विविध परोपकारी कार्यहरू सहित थारु समुदाय तथा विद्यार्थीमा पर्ने विविध समस्यामा विगतमा जस्तै संस्था सहयोगी रहने बताए।

२४ औँ विश्व आदिवासी दिवसको अवसर पारेर ९ अगस्ट २०१८ मा संस्था स्थापना गरी कार्य समिति गठन गरिएको हो।

स्थापनाको छोटो समयमै थारु सोसाइटी अफ सिड्नी अष्ट्रेलियाले समुदायमा हुने विविध सामाजिक एवम् परोपकारी कार्यमा सक्रिय सहभागिता जनाउँदै उदाहरणीय रूपमा प्रस्तुत हुन् सफल रह्यो। यसका अलावा यहाँ रहेका सबै सङ्घ सस्ताहरूसँग आपसी सदभाब राख्दै  सांस्कृतिक विविधता भएको थारु समुदायको कला, भाषा संस्कृति, रहन सहन र चाड पर्वलाई थारु समुदाय र अन्य नेपाली समुदाय माझ परिचित गराउन पनि संस्था सफल रह्यो।

तपाइँको प्रतिक्रिया