मंगलबार, वैशाख ९, २०८२ |Tue Apr, 2025
अक्ल्याण्डको समय: ०७:१२ |सिड्नीको समय: ०५:१२ |काठमाडौंको समय: ००:५७

अष्ट्रेलियामा आजबाट विद्यार्थीले हप्तामा २४ घण्टा काम गर्न पाउने

एएनजेड खबरजुलाइ १, २०२३

अष्ट्रेलियामा आजबाट विदेशी विद्यार्थीले हप्ताको २४ घण्टा काम गर्न पाउने नियम लागु भएको छ। 

अष्ट्रेलियाको शिक्षा विभागले यस अघिको २० घण्टा काम गर्न पाउने नियमलाई संशोधन गरेको हो। यो नियम आज जुलाई १ बाट प्रारम्भ भएको हो। 

यसअघि कोभिडका कारण कामदार अभाव भएपछि विदेशी विद्यार्थीहरूले  हप्ताको २० घण्टा मात्रै काम गर्न पाइने नियम लागु गरिएको थियो। 

यस्तै अन्तर्राष्ट्रिय विद्यार्थीहरूले स्नातक वा स्नातकोत्तर सकेपछि पूर्ण रूपमा काम गर्न पाउने गरी प्राप्त गर्ने भिसाको समयलाई अष्ट्रेलिया सरकारले  थप गर्ने भएको छ । हाल विद्यार्थीहरूले स्नातक सकेपछि २ वर्षका लागि प्राप्त गर्ने भिसाको समयावधि बढाएर चार वर्षको पीएसडब्लु भिसा लागु गर्न लागिएको हो ।

अष्ट्रेलिया सरकारको यस परिवर्तित नयाँ नियमले सम्पूर्ण विदेशी विद्यार्थीहरू फाइदा पुग्ने देखिएको छ। 

तपाइँको प्रतिक्रिया