सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: १४:२९ |सिड्नीको समय: १२:२९ |काठमाडौंको समय: ०८:१४

प्रधानमन्त्री निवास नै निल्न खोज्नेहरूलाई सरकारले छाड्दैन : प्रधानमन्त्री प्रचण्ड 

एएनजेड खबरजुन २८, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार विरुद्धको लडाइँ यतिमै नरोकिने बताएका छन् ।

बजेटमाथि सांसदहरूले उठाएको प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले  नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले इतिहासकै ठुलो कारबाही गरेको र अब यो अभियान नरोकिने बताएका हुन्। 

यो शुद्धीकरण यत्तिमा नरोकिने र निरन्तर अगाडि बढ्ने भन्दै उनले भने, ‘हिजोबाट प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवासका अभियुक्तहरू पक्राउ पर्न थालेका छन् । मिटर ब्याजी र सहकारीका ठगहरूमाथि कारबाही सुरु भइसकेको छ ।’

हाइ प्रोफाइल व्यक्तिहरू कानुनभन्दा माथि छन् भन्ने आम मनोविज्ञान बनेका बेला नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गरेको कारबाही इतिहासकै ठुलो भएको दाबी गरे। 

 ‘उच्च पदस्थहरू र देशको एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने मान्यता गलत प्रमाणित हुँदै गएको छ’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो काण्डको सफल अनुसन्धानसँगै अब लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरण सुरु भएको छ ।’

तपाइँको प्रतिक्रिया