सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: १४:१७ |सिड्नीको समय: १२:१७ |काठमाडौंको समय: ०८:०२

ललिता निवास प्रकरण-पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ

एएनजेड खबरजुन २७, २०२३

ललिता निवास प्रकरणमा प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले शाहलाई आज पक्राउ गरेको हो । उनलाई राणा परिवारसँगको नाता पर्ने भएर ललिता निवासको जग्गा व्यक्तिको नाममा बनाउनमा पछाडिबाट सहयोग गरेको बताइएको हो।

उनी गृह मन्त्रालयकै सहसचिवबाट अवकाश पाएका थिए। शाह २०७३ फागुन ५ देखि २०७५ चैत २८ गतेसम्म निर्वाचन आयुक्त बनेका थिए।

शाहले आफ्नी पत्नी उर्मिला शाहको नाममा एक रोपनी ११ आना जग्गा लिएको श्रोतको दावी छ।

आजै ललिता निवास प्रकरणमा मुछिएका भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङ पक्राउ परिसकेका छन्।

तपाइँको प्रतिक्रिया