सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: १४:३१ |सिड्नीको समय: १२:३१ |काठमाडौंको समय: ०८:१६

त्रिभुवन विमानस्थलमा नयाँ नियम -यात्रुको बिदाइ र स्वागतमा ३ जना मात्रै जान पाइने 

एएनजेड खबरजुन २७, २०२३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक जना यात्रुको बिदाइ तथा स्वागतका लागि तीन जना मात्रै जान पाइने नयाँ नियम लागु हुने भएको छ ।

आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवन बाहिर असाध्यै भीड बढेपछि विमानस्थल सुरक्षा समितिले बिदाइ र स्वागतको लागि  तीन जना मात्रै जान पाउने निर्णय गरेको हो ।

ठाउँको सीमितता र भीडले गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढेकोले यस्तो निर्णय गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

तपाइँको प्रतिक्रिया