सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: १४:२७ |सिड्नीको समय: १२:२७ |काठमाडौंको समय: ०८:१२

विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटिएका ३१६ सुरक्षाकर्मी फिर्ता गरियो : गृहमन्त्री श्रेष्ठ 

एएनजेड खबरजुन २५, २०२३

गृहमन्त्री नारायणकाजी श्रेष्ठले विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटिएका ३१६ जना सुरक्षाकर्मी फिर्ता गरिएको बताएका छन्। 

आज बसेको प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा गृहमन्त्री श्रेष्ठले बहालवाला तथा पूर्वविशिष्ट  पदाधिकारीको सुरक्षामा खटिएका ३१६ जना सुरक्षाकर्मी फिर्ता गरेको जानकारी दिएका हुन्।

उनले विशिष्ट व्यक्तिहरूको व्यवस्थापन कार्यविधि २०७७ विपरीत बहालवाला तथा पूर्वविशिष्ट पदाधिकारीको सुरक्षामा खटिएका नेपाल प्रहरीका १९० जना र सशस्त्र प्रहरी बल नेपालका १२६ जना गरी ३१६ सुरक्षाकर्मी फिर्ता गरिएको जानकारी दिए।

 यस कार्यमा पूर्व गृहमन्त्री रवि लामिछानेले  सकारात्मक भूमिका खेलेको भन्दै प्रशंसा गरे।  लामिछाने गृहमन्त्री छँदा त्यति बेला नै विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेका थिए।

तपाइँको प्रतिक्रिया