सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: १४:२१ |सिड्नीको समय: १२:२१ |काठमाडौंको समय: ०८:०६

आजबाट वंशजको आधारमा नागरिकता वितरण हुने 

एएनजेड खबरजुन २५, २०२३

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा हालै प्रमाणित नागरिकता विधेयक अनुसार आज बाट नागरिकता वितरण हुने भएको छ। 

देशका सबै जिल्लाबाट  नागरिकता वितरण कार्य सुरु हुने भएको हो । जिल्ला प्रशासन कार्यालयहरूले २०६३ मा नागरिकता टोलीमार्फत जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानलाई  टोकन प्रणालीबाट वंशजको आधारमा नागरिकता वितरण गर्नेछ।

राष्ट्रपतिद्वारा हालै प्रमाणित नागरिकता विधेयकलाई सर्वोच्च अदालतले हालै सदर गरे पछि नागरिकता विहीन  नागरिकलाई नागरिकता  वितरण हुन लागेको हो । गृह मन्त्रालयले  ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई नागरिकता वितरणको लागी निर्देशन दिइसकेको छ ।

तपाइँको प्रतिक्रिया