सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: १४:२८ |सिड्नीको समय: १२:२८ |काठमाडौंको समय: ०८:१३

वर्तमान सत्ता गठबन्धन परिवर्तन हुनसक्छ :महामन्त्री गगन थापा

एएनजेड खबरजुन २४, २०२३

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले वर्तमान सत्ता गठबन्धन परिवर्तन हुने सक्ने सङ्केत गरेका छन्। आज  काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले वर्तमान सरकारले चित्त बुझ्ने गरी काम नगरे गठबन्धन बदलिन सक्ने चेतावनी दिएका हुन्। 

कार्यक्रम बोल्दै थापाले भने ‘चुनावपछाडि सरकार बन्ने, बदल्ने सामान्य कुरा हो तर हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठिक ढङ्गले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ। नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन।’

 ‘हामी पार्टीका लागि मान्छे ज्यान गए जाओस्, काँग्रेस छाड्दिनँ भन्ने तर आज हामी सरकार गए जाओस् भन्न किन नसक्ने? भन्दै प्रश्न गरेका थिए। 

थापाको भनाइमा केही सत्यता छ भन्ने अनुमान लगाउन सकिन्छ। पछिल्लो घटनाक्रमले नयाँ गठबन्धन निर्माणका लागि एमाले र काँग्रेसका दोस्रो तहका नेता संवादमा जुटेको भन्ने समाचार बाहिर आइरहँदा महामन्त्री थापाको यस प्रकारको भनाइ बाहिर आएको हो। 

तपाइँको प्रतिक्रिया