मन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला जाँदै थिए कानुनमन्त्री सिंह !
मन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला बझाङ हानिएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको गाडी दुर्घटनामा परी हिजै ज्यान गएको छ।
उनको बाँकेको कोहलपुरस्थित अस्पतालमा उपचारका क्रममा मङ्गलवार अपराह्न ५ बजेर ३३ मिनेटमा निधन भएको हो।
६ जेठमा आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका सिंह मन्त्री बनेपछि पहिलो पटक सुपप्र ०१–००१ झ ४८० नम्बरको गाडी चढेर निर्वाचन क्षेत्र जाँदै थिए।
झाङको केदारस्यु गाउँपालिका-१ झारछडास्थित जयपृथ्वी राजमार्गमा मन्त्री सवार गाडी दुर्घटनामा परेको थियो। दुर्घटनामा मन्त्री पत्नी ५० बर्सिया अमृता सिंह र भाउजू ६० बर्सिया जयादेवी सिंहको बझाङको प्राथमिक स्वास्थ्य केन्द्र देउरामा निधन भएको थियो।
गम्भीर घाइते भएका मन्त्री सिंह, चालक ३५ वर्षीय धर्मराज जोशी र पीएसओ प्रहरी सहायक हवलदार दीपक भण्डारीसहित तीन जनालाई उपचारका लागि हेलिकोप्टरमार्फत बाँकेको कोहलपुर लगिएको थियो।
तपाइँको प्रतिक्रिया