सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ११:३२ |सिड्नीको समय: ०९:३२ |काठमाडौंको समय: ०५:१७

संसद्‌मा ‘वन मेन आर्मी’ जस्तो हुनुपरेको छ :प्रधानमन्त्री प्रचण्ड 

एएनजेड खबरजुन १४, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू संसद्‌मा ‘वन मेन आर्मी’ जस्तो हुनुपरेको बताएका छन् । आज पार्टी निकट पत्रकारहरूसँगको भेटम  प्रतिपक्ष एमालेले जति बेला पनि भाँड्न खोजेको भन्दै आफू वन मेन आर्मी जस्तो हुनुपरेको बताएका हुन्। 

आज बिहान मा‌ओवादी निकट प्रेस सेन्टरका इन्चार्ज महेश्वर दाहालसहितको टोली प्रधानमन्त्रीलाई भेट्न गएको थियो।

‘जति बेलै वन मेन आर्मी जस्तो हुनुपरेको छ, अरूले सकेसम्म भाँड्ने प्रयास गरेको देखिन्छ,’ उनले भने, ‘ओलीहरू देख्नुभयो नि! लोकतन्त्रको नम्स भ्यालुज सबलाई ध्वस्त पारेर, म मञ्चमा बोलिराखेको छु। हरेक कुराको जवाफ दिन्छु भनिराखेको छु। बोल्नै नदिने भनेर तलका मान्छेलाई उचालेर बोल्न दिने कुरा भयो सभामुखबाट। हुँदै नहुने कुरो थियो नि!’

प्रधानमन्त्री प्रचण्डले  नक्कली शरणार्थी प्रकरणमा कसैलाई पनि उन्मुक्ति नदिने बताएका छन्। ,’अहिले सत्ता टिकाउनकै लागि भ्रष्टाचारीलाई उन्मुक्ति दिने हो कि भन्ने शङ्का उत्पन्न भएको छ  बरु सरकार छाड्ने तर भ्रष्टाचारीलाई उन्मुक्ति नदिने पक्षमा  रहेको छु’,।  उनले भने। 

भ्रष्टाचार काण्डमा बरु सरकार छाडेर जनतामा जान उचित हुने भन्दै प्रचण्डले बरु सरकार छाड्न परे परोस्, गलत सम्झौता गर्न हुँदैन भन्ने पक्षमा रहेको प्रस्ट पारे।  भ्रष्टाचारविरुद्धको अभियान जारी रहने प्रचण्डको भनाइ छ। 

तपाइँको प्रतिक्रिया