आइतबार, असोज ६, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०५:३१ |सिड्नीको समय: ०३:३१ |काठमाडौंको समय: २३:१६

राष्ट्रपतिले संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने

एएनजेड खबरमे १९, २०२३

राष्ट्रपति रामचन्द्र पौडेलले आज संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्। अपराह्न ४ बजे बस्ने संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने संघीय संसद् सचिवालयले जनाएको छ।

राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन भएपछी सबै सांसदहरुलाई अनिवार्य उपस्थितिको लागी आह्वान गरिएको छ ।
बैठक अवलोकनका लागि राजनीतिक दलका नेता, संवैधानिक निकायका प्रमुख एवं प्रतिनिधि, सरकारका उच्च पदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति सहभागी हुनेछन्।

राष्ट्रपतिमा चयन भएपछि संघीय संसदमा पौडेलको यो पहिलो सम्बोधन हुन लागेको हो।

तपाइँको प्रतिक्रिया