आइतबार, असोज ६, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०४:२७ |सिड्नीको समय: ०२:२७ |काठमाडौंको समय: २२:१२

सर्वोच्चको फैसला स्विकार्नुको विकल्प छैन : रेशम चौधरी  

एएनजेड खबरमे १७, २०२३

सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा टीकापुर घटनाका आरोपी रेशम चौधरीले अदालतको फैसला स्विकार्ने बताएका छन् । उनले एक विज्ञप्ति निकाल्दै  जन्मकैदको सजाय सदर गर्ने सर्वोच्च अदालतको फैसला न्यायिक नभए पनि स्विकार्नुको विकल्प नभएको बताएका हुन्। 

चौधरीले आफूमाथि ज्येष्ठ २ गते सम्मानित सर्वोच्च अदालतले गरेको फैसलामा म प्रति न्यायिक नहुन सक्छ, तर त्यसो भन्दैमा स्विकार्नुको विकल्प हुन्न,’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन्। 

टीकापुर घटनालाई  पुनरावलोकन‌मा जान सकिने भन्दै चौधरीले विज्ञप्तिमा लेखेका छन्, ‘हामी सम्मानित अदालतलाई सदा सम्मान गर्छौँ, साथै सम्मानित अदालतलाई सबैले उत्तिकै सम्मान गर्नुपर्दछ । अहिले टीकापुर घटनाको फैसलालाई अनर्गल बनाउँदै जथाभाबी सामाजिक सञ्जालमा जे पायो त्यही पोस्ट नगर्नुहुन अनुरोध गर्दछु,’ ।

तपाइँको प्रतिक्रिया