आइतबार, असोज ६, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०४:४० |सिड्नीको समय: ०२:४० |काठमाडौंको समय: २२:२५

 अष्ट्रेलियाका उपविदेशमन्त्री टिम वाट्स नेपालमा  

एएनजेड खबरमे १६, २०२३

अष्ट्रेलियाका उपविदेशमन्त्री टिम वाट्स नेपाल आइपुगेका छन्। उनी दुईदिने भ्रमणको लागी भुटानबाट काठमाडौ आएका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्री एनपी साउदले स्वागत गरेका थिए। 

 वाट्सले दुई देशको विशेष सम्बन्धलाई अझ मजबुत बनाउन आफ्नो  भ्रमण उपलब्धिपूर्ण बन्ने बताए ।  संक्षिप्त प्रतिक्रिया दिँदै उनले अष्ट्रेलियामा रहेका नेपालीमूलका अष्ट्रेलियनहरुलाई सम्झँदै  नेपालीहरूको  मूल थलोमा आउन पाउनु खुसीको कुरा भएको पनि बताए ।

वाट्सले नेपालमा रहँदा  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित उच्च सरकारी अधिकारीहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ । उनी भोलि नै  स्वदेश फर्कनेछन् ।

अष्ट्रेलियाको तर्फबाट  ३० वर्षपछि  मन्त्रीस्तरीय भ्रमण भएको हो । अष्ट्रेलिया र नेपालबिच दौत्य सम्बन्ध स्थापना भएको लामो समय भए पनि औपचारिकरुपमा सरकारी भ्रमण हुन सकेको थिएन। 

तपाइँको प्रतिक्रिया