आइतबार, असोज ६, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०४:३० |सिड्नीको समय: ०२:३० |काठमाडौंको समय: २२:१५

बालकृष्ण खाँडकी कान्छी पत्नी मञ्जुले देश छोडेको आशङ्का  !

एएनजेड खबरमे १४, २०२३

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने ठगी धन्दामा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँडकी कान्छी पत्नी मञ्जु  खाँड बेपत्ता भएकी छन्। पती खाँड ४ दिन देखि  प्रहरी हिरासतमा रहँदा भेट्नसम्म नगएकी मञ्जुले देश छाडेको आकलन गरिएको छ। 

शरणार्थी प्रकरणमा मञ्जुको समेत नाम जोडिएको छ। केही दिन अघि सार्वजनिक भएको अडियो रेकर्डमा उनले बिचौलियाबाट ६ करोड रुपैयाँ लिएको भनिएको थियो। प्रहरीले सोही आधारमा उनलाई निगरानीमा राखेको भए पनि उनी सम्पर्क विहीन भएकी हुन्। 

मञ्जु पूर्व गृहमन्त्री खाँडकी कान्छी पत्नी हुन् । उनलाई काँग्रेसले समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्य समेत बनाएको थियो। केही दिनअघि काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवालाई सिंगापुर पुगेको भन्दै समाचार प्रकाशित भएपछि आरजुले आफू नेपालमै रहेको प्रस्ट पारेकी थिइन्। 

मञ्जु अष्ट्रेलिया पुगेको भन्दै विभिन्न मिडियाले समाचार प्रसारण गरे पनि त्यो पुष्टि हुन सकेको छैन। मञ्जुका छोरा र भाइ सिड्नीमा भएको र शरण लिन उनी  शुक्रवार बिहान अष्ट्रेलिया पुगेको भन्दै सामाजिक सञ्जालमा समेत चर्चा चलेको थियो। 

तपाइँको प्रतिक्रिया