आइतबार, असोज ६, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०४:३५ |सिड्नीको समय: ०२:३५ |काठमाडौंको समय: २२:२०

खाँडविरुद्ध नेविसंघकै कार्यकर्ताले गरे प्रदर्शन

एएनजेड खबरमे १४, २०२३

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले आज राजधानीमा प्रदर्शन गरेको छ। उनीहरुले त्रिचन्द्र क्याम्पसमा प्रदर्शन गरेका थिए ।
प्रदर्शनकारीहरुले ‘सभापति ज्यु खाँणलाई किन निलम्बन नगरेको ?’ लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेको हुन् ।नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर करोडौँ ठगी गरेको प्रकरणमा पक्राउ परेका कांग्रेसनेता तथा पुर्व गृहमन्त्री बालकृष्ण खाणविरुद्ध नै उनीहरु प्रदर्शनमा उत्रिएका हुन्।

खाँडलाई गम्भीर अभियोगमा प्रहरीले पक्राउ गरेर हिरासतमा राखिसक्दा पनि पार्टीले अझैसम्म निलम्बन नगरेको भन्दै प्रदर्शनकारीहरु आक्रोशीत देखिन्थे।

उनीहरुले सभापति शेरबहादुर देउवालाई खाँडलाई न इलंबन नगरेको भन्दै खबरदारीसहित प्रश्न गरेका छन्। नेविसंघ त्रिचन्द्र क्याम्पसको आयोजनामा भएको यो प्रदर्शनमा सहभागीहरुको हातमा सांकेतिकरूपमा हतकडी थियो साथै उनीहरुले कैदीबन्दीको पोशाक लगाएका थिए।

तपाइँको प्रतिक्रिया