आइतबार, असोज ६, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०३:२२ |सिड्नीको समय: ०१:२२ |काठमाडौंको समय: २१:०७

‘टोपबहादुर कि टापबहादुर’ भन्दै माइतीघरमा भ्रष्टाचारविरूद्ध प्रदर्शन

एएनजेड खबरमे १३, २०२३

काठमाडौंको माइतीघर मण्डलामा भ्रष्टाचारविरूद्ध ब्यापक प्रदर्शन प्रदर्शन भएको छ। बिहान ११ बजेदेखि विभिन्न राजनीतिक दल सम्बद्द नेता कार्यकर्ता र आम सर्वासाधारणले प्रदर्शनगरेका हुन्।

प्रदर्शनमा सहभागीहरूले ‘कुरा सिधै प्रष्ट छ, हाम्रो सिस्टम भ्रष्ट छ’, ‘भन्नेछौं हामी बारम्बार, भ्रष्टाचारीलाई कारागार’ जस्ता नारा लगाएका थिए। उनीहरुले ‘टोपबहादुर कि टापबहादुर’, सरकार ‘ठूलो माछा पकडी, लगा छिटो हत्कडी’, ‘करोडौं पर्ने महल तिमीलाई कसले किन्दियो?’ लगायतका नाराहरू सहित उनीहरूले प्रदर्शन गरेका हुन्।

सरकारले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याउने धन्दाबाट करोडौं रकम ठगी गरेको भन्दै ठुला राजनीतिक दलका ठुला नेतालाई पक्राउ गरेपछि यो घटना छताछुल्ल बनेको हो।

प्रहरीले नक्कली शरणार्थी काण्डमा पूर्व गृहमन्त्री बालकृष्ण खाँड, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत १२ जनालाई पक्राउ गरिसकेको छ।
यसी घटनामा संलग्न भएको भन्दै पक्राउ पुर्जी जारी गरिएका एमाले सचिव टोपबहादुर रायमाझी भने फरार रहेका छन् ।

तपाइँको प्रतिक्रिया