शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १४:५८ |सिड्नीको समय: १२:५८ |काठमाडौंको समय: ०८:४३

अष्ट्रेलियाका सहायक विदेशमन्त्रीको नेपाल भ्रमणको मिति तय, आजै राजदूत पोखरेलसँग भेटवार्ता 

एएनजेड खबरमे ११, २०२३

अष्ट्रेलियाका सहायक विदेश मन्त्री टिम वाट्स नेपाल भ्रमणमा जाने भएका छन्। उनी आगामी मे १६ तारिखमा नेपालको दुई दिने औपचारिक भ्रमण जाने मिति तय भएको हो। 

सहायक विदेशमन्त्री वाट्सले आज अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलसँग भेटवार्ता गरेका छन्। क्यानबेरास्थित  नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै भेटको पुष्टि गरेको हो। विज्ञप्तिमा, दुई देशबिचको दौत्य सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको जनाइएको छ ।

आजको भेटमा दुई देशबिचको हवाई सेवा, नेपाली विद्यार्थीहरूले भोग्दै आएका विभिन्न समस्याहरू र यस किसिमका उच्चस्तरीय भ्रमणको निरन्तरताको विषयमा समेत छलफल भएको छ। त्यस्तै दुई देशको सरकारी र निजी क्षेत्रको तहमा समेत सम्बन्ध सुधार गर्दै अगाडी बढ्ने सन्दर्भमा पनि विशेष जोड दिने बारे छलफल भएको बताइएको छ। 

करिब ३० बर्सपछि अष्ट्रेलियाको तर्फबाट यो उच्च स्तरीय भ्रमण हुन लागेको हो। यस औपचारिक भ्रमणले दुई देशबिचको ऐतिहासिक सम्बन्धमा झनै महत्त्वपूर्ण सुधार हुनसक्ने बताइएको छ । 

सहायक विदेशमन्त्री वाट्सले नेपालको औपचारिक भ्रमणअघि अष्ट्रेलियामा रहेको नेपाली समुदायका विभिन्न व्यक्तित्वहरूसँग अन्तरक्रियालाई थालेका छन्। उनले मेलबर्नमा रहेका नेपाली प्रतिनिधिहरूसँग केही दिनअघि अन्तरक्रिया गरेका थिए।

तपाइँको प्रतिक्रिया