आइतबार, असोज ६, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०३:३९ |सिड्नीको समय: ०१:३९ |काठमाडौंको समय: २१:२४

कांग्रेसको पदाधिकारी बैठक आज दिउसो २ बजे बस्ने

एएनजेड खबरमे ११, २०२३

नेपाली कांग्रेसको पदाधिकारी बैठकले आज पनि निरन्तरता पाउने भएको छ।

हिजो साँझ पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकले पुर्व गृहमन्त्री बालकृष्ण खाँडलाई पक्राउ गरिएको विषयमा छलफल गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका थिए।

बैठक आज दिउँसो २ बजे पार्टी सभापतिको निवास धुम्बाराहीमा बस्ने बताइएको छ। पूर्वपदाधिकारीलाई पनि बोलाइएको बैठकले पार्टीको विभाग र भ्रातृ संगठनलाई पूर्णता दिने विषयमा छलफल गरिने भनिएको छ।

हिजोको बैठकमा भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता खाँडबारे छलफल भएको थियो।महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाँडलाई निलम्बन गर्नु पर्ने प्रस्तावमा राखेपनी निर्णय भने भएको छैन।

तपाइँको प्रतिक्रिया