आइतबार, असोज ६, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०३:३४ |सिड्नीको समय: ०१:३४ |काठमाडौंको समय: २१:१९

खाँणलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति 

एएनजेड खबरमे १०, २०२३

नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। 

पूर्व गृहमन्त्री बालकृष्ण खाँण

जिल्ला अदालत काठमाडौँका न्यायाधीश उत्तम सिलवालको इजलासले खाँणलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा मुछिएका  खाँणलाई आज बिहान आफ्नै निवासबाट पक्राउ गरेको थियो ।

तपाइँको प्रतिक्रिया