आइतबार, असोज ६, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०३:२८ |सिड्नीको समय: ०१:२८ |काठमाडौंको समय: २१:१३

एमालेले फरार भनिएका टोपबहादुरलाई निलम्बन गर्‍यो 

एएनजेड खबरमे १०, २०२३

नेकपा एमालेले नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीलाई आज निलम्बन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि उनलाई एमालेले निलम्बन गरेको हो ।

महासचिव शङ्कर पोखरेलले विज्ञप्ति जारी गर्दै राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुङ्गो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको जानकारी दिएका छन् ।

रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि फरार भएका छन्  । उनका छोरा सन्दीपलाई भने प्रहरीले बुटवलबाट पक्राउ गरी अदालतमा पेस गरिसकेको छ ।

तपाइँको प्रतिक्रिया