आइतबार, असोज ६, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०२:३६ |सिड्नीको समय: ००:३६ |काठमाडौंको समय: २०:२१

तत्कालीन गृह सचिव पाण्डेको बयानले समातिए बालकृष्ण खाँण !!

एएनजेड खबरमे १०, २०२३

पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई तत्कालीन गृह सचिव टेकनारायण पाण्डेको बयानको आधारमा पक्राउ गरिएको खुलेको छ। उनले खाँणकै निर्देशनमा आफूले काम गरेको बयान दिएपछि प्रहरीले खाँणलाई उनकै निवासबाट पक्राउ गरेको थियो। 

उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव पाण्डेलाई प्रहरीले गत बुधवार नै पक्राउ गरेको थियो। हिरासतमा बयान दिने क्रममा सचिव पाण्डेले खाँण कै निर्देशनमा आफूले काम गरेको बताएपछि खाँण समातिएका उच्च प्रहरी स्रोतले बताएको छ। 

भुटानी शरणार्थी व्यवस्थापनको लागी बनेको कार्यदलको प्रतिवेदन खाँण गृहमन्त्री र पाण्डे गृह सचिव भएकै समयमा  हेरफेर गरिएको र  पक्राउ परेकाले मन्त्रालयले प्रहरीलाई पठाएको प्रतिवेदन कार्यदलले नभई अरू नै कसैले तयार गरेको बयान दिएपछि शरणार्थी प्रकरणले अर्कै मोड लिएको हो। 

तपाइँको प्रतिक्रिया