आइतबार, असोज ६, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०२:२३ |सिड्नीको समय: ००:२३ |काठमाडौंको समय: २०:०८

नक्कली भुटानी शरणार्थी प्रकरण, एमाले सहित तीन दलको बैठक बालुवाटारमा

एएनजेड खबरमे ९, २०२३

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सहित तीन दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी भएका छन्।

शिर्ष नेताहरूको बैठकमा समसामयिक राजनीतिबारे छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरण उत्कर्समा पुगेको बेला प्रधानमन्त्रीसहित तीन शीर्ष नेताको भेटवार्ता हुनुलाई चासोको रूपमा हेरिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर अदालतले पक्राउ पुर्जी जारी गरेका एमाले सचिव टोपबहादुर रायमाझी फरार रहेका छन् भने कांग्रेस नेता तथा पुर्व गृहमन्त्री बालकृष्ण खाँड उनकी पत्नी मंजु र कांग्रेस नेत्री आरजु राणाको नाम पनि मुछिएको छ।

तपाइँको प्रतिक्रिया