शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १४:४५ |सिड्नीको समय: १२:४५ |काठमाडौंको समय: ०८:३०

अष्ट्रेलियामा टिका कार्की स्मृति पत्रकारिता पुरस्कारबाट दुई पत्रकार सम्मानित 

एएनजेड खबरमे ९, २०२३

अष्ट्रेलियनमा कार्यरत  नेपलिज जर्नालिष्ट एसोसिएसन (एन्जा)का संस्थापक अध्यक्ष हेमन्त काफ्ले र निवर्तमान अध्यक्ष ऋषि आचार्य सक्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्। एन्जाले पहिलो पटक घोषणा गरेको टिका कार्की स्मृति पत्रकारिता पुरस्कार उनीहरूले  संयुक्त रूपमा पाएका हुन्। 

 नेपालीमूलका पत्रकारहरूको साझा संस्था एन्जाले सिड्नीमा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा  पत्रकार द्वय काफ्ले र आचार्य सम्मानित भएका हुन्। अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले पत्रकार द्वय काफ्ले र आचार्यलाई पुरस्कार वितरण गरेका थिए।

सो कार्यक्रममा बोल्दै राजदूत पोखरेलले एन्जाका पदाधिकारीसहित नेपाली समुदायका विभिन्न क्षेत्रका अगुवाहरूले प्रवासी नेपालीहरूलाई मातृभूमिसँग जोड्न महत्त्वपूर्ण भूमिका खेलेकोमा प्रशंसा समेत गरेका थिए।  हिमालय रेडियोमा विगत दुई दशकदेखि क्रियाशील पत्रकार टीका कार्कीको स्मृतिमा स्थापना गरिएको पुरस्कार हरेक दुई-दुई वर्षमा क्रियाशील पत्रकारलाई वितरण गर्ने गरिन्छ ।  

पुरस्कृत हुने पत्रकार द्वय अष्ट्रेलियाका नेपाली माझ परिचित अनुहार हुन् । करिब तिन दशकदेखि मूलधारको नेपाली पत्रकारितामा जमेर हाल अष्ट्रेलियालाई कर्मथलो बनाएका वरिष्ठ पत्रकार काफ्ले सेतोपाटी अनलाइन अष्ट्रेलिया प्रतिनिधि हुन् भने आचार्य दशक अघिदेखि अष्ट्रेलियाको छापा, रेडियो र अनलाइन पत्रकारितामा सक्रिय रहँदै पछिल्लो समय सफल व्यवसायी एवं सामाजिक अभियन्ताका रूपमा समेत परिचित छन् ।

तपाइँको प्रतिक्रिया