शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १४:४३ |सिड्नीको समय: १२:४३ |काठमाडौंको समय: ०८:२८

अष्ट्रेलियामा ओभर*डोज र लागु-औषधका कारण दैनिक पाँच जनाको ज्यान जाने गरेको तथ्य सार्वजनिक 

एएनजेड खबरमे ७, २०२३

अष्ट्रेलियामा सन् २०२१ मा दैनिक पाँच जना नागरिकको लागु औषध तथा औषधिको ओभर डोजको कारण  मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ। युनिभर्सिटी अफ न्यू साउथ वेल्स (एनएसडब्ल्यू सिड्नी)का विज्ञहरूको प्रारम्भिक अध्ययनको आधारमा उक्त तथ्य बाहिर आएको हो।  

केही दिन अघि मात्रै युनिभर्सिटी अफ न्यु साउथ वेल्सले प्रकाशित गरेको रिपोर्टअनुसार सन् २०२१ मा मात्रै अष्ट्रेलियामा १ हजार ७ सय ८८ जनाले लागु औषधका कारण ज्यान गुमाएका छन्। ।रिपोर्टका अनुसार २०२१ मा अष्ट्रेलियामा भएको नियमित मृत्यु दर्ताको झन्डै एक प्रतिशतले लागु औषधका कारण ज्यान गुमाएका छन् । 

थेराप्युटिक गुड्स एडमिनिस्ट्रेसन (टीजीए)ले प्यारासिटामोलको मात्रा घटाउने निर्णय गरेपछि यो रिपोर्ट सार्वजनिक गरिएको हो। टीजीएका अनुसार अष्ट्रेलियामा हरेक वर्ष करिब २ सय २५ जना प्यारासिटामोलको अत्यधिक सेवनका कारण अस्पताल भर्ना हुने र   ओभर डोजका कारण ५० जनाको मृत्यु हुने गरेको छ। 

२०२१ ताका अष्ट्रेलियामा  एक लाख जनसङ्ख्यामा झन्डै ६ देखि ९ जनाको लागु औषधका कारण ज्यान जानेको गरेको पाइएको छ। उक्त समयमा  लागु पदार्थका कारण ज्यान गुमाउने मध्ये  ६३ प्रतिशत पुरुषमा रहेको सो अध्ययनले जनाएको छ।  मृत्यु हुनेमा ३५ देखि ५४ वर्ष उमेर समुहका मानिसहरूको सङ्ख्या धेरै रहेको पनि बताइएको छ। 

सबैभन्दा बढी हेरोइन र ‘फार्मास्युटिकल ओपिओइड’ जस्ता लागु औषधको बढी प्रयोगका कारण मृत्युका घटनाहरू घटेको पनि अध्ययनले बताएको हो।  रिपोर्टअनुसार प्रयोगकर्ताले एन्टिपिलेप्टिक’ र ‘एन्टी–पार्किन्सनिज्म’ जस्ता अन्य औषधिहरू पनि प्रयोग गरेका थिए।

ड्रग ट्रेन्ड रिसर्च प्रोग्रामकी प्रमुख तथा एनएसडब्ल्यू सिड्नीकी एसोसिएट प्रोफेसर एमी मयुरले अष्ट्रेलियामा  ‘सन् २००२ देखि नै लागु पदार्थका कारण प्रतिवर्ष ३.५ प्रतिशतले मृत्युदर बढेको बताए। सार्वजनिक प्रतिवेदनले सन् २००२ देखि २०२१ सम्म अष्ट्रेलियामा लागु पदार्थका कारण भएका सबै मृत्युका कारण बारेमा निष्कर्ष प्रस्तुत गरेको उनको दाबी छ। (रासस)

तपाइँको प्रतिक्रिया