आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ०१:२५ |सिड्नीको समय: २३:२५ |काठमाडौंको समय: १९:१०

एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोरा विरुद्द पक्राउ पुर्जी जारी

एएनजेड खबरमे ३, २०२३

नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप विरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरले आज जिल्ला अदालत काठमाडौंबाट रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी लिएको हो । सन्दीपले आफ्नो नाममा एक करोड बढीको चेक लिएको समाचार यस अघि नै सार्वजनिक भएको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डेलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनी गृह मन्त्रालयका सचिवसमेत भइसकेका छन्।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै विभिन्न व्यक्तिहरुसँग रकम असुलेको गिरोहबाट आर्थिक लाभ लिएको पाइएपछि तत्कालीन गृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन् । राईका छोरा निरजविरुद्ध पनि प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । निरज फरार छन् ।

प्रहरीले गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई पक्राउ गरिसकेको छ।

तपाइँको प्रतिक्रिया