आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ०१:२७ |सिड्नीको समय: २३:२७ |काठमाडौंको समय: १९:१२

प्रवास समन्वय समितिद्वारा नीति तथा कार्यक्रममा प्रवासी नेपालीको मागबारे ध्यानाकर्षण

एएनजेड खबरमे २, २०२३

नेकपा माओवादी केन्द्रको प्रवास समन्वय समितिले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेल मार्फत नेपाल सरकारलाई प्रवासी नेपालीको मागबारे गम्भीर ध्यानाकर्षण गराएको छ ।

प्रवास समन्वय समितिको कार्यालय कुपण्डोलमा आज आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा लगायतले सल्लाहकार गजुरेललाई स्वातात गरेका थिए । स्वागतसँगै अध्यक्ष शर्माले सरकारका कामकारवाहीलाई थप प्रभावकारी बनाउन प्रवासमा रहेका नेपालीहरूको ज्ञान, सीप र क्षमताको सदुपयोग गर्नुपर्ने बताएका थिए।

प्रवास समन्वय समितिका कार्यालय सदस्य इन्द्रराज भट्टराईका अनुसार प्रवासी नेपालीको समस्या समाधानका लागि डेस्क स्थापना गर्न ध्यानाकर्षण गराईएको छ। उनले उक्त डेस्क मार्फत वैदेशिक रोजगारीका क्रममा नेपाली नागरिकहरूले भोगेका समस्या केन्द्रिकृत गरी समस्या समाधान गर्न सकिने बताए ।

अहिलेको विज्ञान र प्रविधिको युगमा व्यक्तिगत घटना दर्ता, व्यवसाय दर्ता लगायतका कुरा मोबाइलबाट नै गर्न सकिने र “हातहातमा सिंहदरबार”कार्यक्रम मार्फत सोको कार्यान्वयन गर्ने बिषयमा सरकारको गम्भीर ध्यानाकर्षण समेत गराइएको छ ।

उक्त कार्यक्रममा प्रवास समन्वय समितिका सदस्यहरू रमेश प्रसाद तिवारी, मनऋषि धिताल, सफल शर्मा लगायतको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया