आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ०१:१२ |सिड्नीको समय: २३:१२ |काठमाडौंको समय: १८:५७

राष्ट्रपति पौडेलले आफ्नो उपचार खर्च आफै व्यहोर्ने

एएनजेड खबरमे २, २०२३

राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उपचारमा लागेको खर्च आफैँ व्यहोर्ने भएका छन्।

भारतको नयाँ दिल्लीस्थित अखिल नेपाल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार गर्दा लागेको खर्च राष्ट्रपति आफैँ व्यहोर्न चाहेको कुरा राष्ट्रपति कार्यलयले विज्ञप्ति मार्फत जानकारी दिएको हो।

राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले भारतमा भएको उपचार खर्च राष्ट्रपति आफैँले ब्यहोर्न चाहेको जनाउदै एक विज्ञप्ति जारी गरेका हुन्। ‘उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपतिज्यू स्वयम्‌ले व्यहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ,’जारी विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रपति स्वास्थ्यमा समस्या देखिएपछि यही वैशाख ६ गते भारत गएर उपचार पश्चात गत आइतबार स्वदेश फर्किएका थिए।

तपाइँको प्रतिक्रिया