शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०९:४३ |सिड्नीको समय: ०७:४३ |काठमाडौंको समय: ०३:२८

नेपाल युएईलाई हराउदै एसिया कपमा छनोट

एएनजेड खबरमे २, २०२३

नेपाल एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई ७ विकेटले पराजित गर्दै एसिया कपका लागि छनोट भएको छ।

नेपाल आगामी सेप्टेम्बरमा पाकिस्तानले आयोजना गर्ने एसिया कपमा सहभागी हुने छ। नेपाल एसिया कपमा विश्व क्रिकेटका हस्ती देश भारत र पाकिस्तानसँग खेल्ने अवसर पाउने छ।

एसिया कपमा पाकिस्तान, भारत र नेपाल समूह ए मा छन् भने समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान रहेछन्।

फ़ाइनल खेलमा यूएईले दिएको १ सय १८ रनको सामान्य लक्ष्य नेपालले ३०.२ ओभरमा ३ विकेट गुमाउदै भेट्टायो। चौथो विकेटका लागि गुलशन झा र भीम सार्कीले ९६ रनको अविजित साझेदारी गरेपछि नेपाल सहजै जित तर्फ लम्किएको थियो।

तपाइँको प्रतिक्रिया