आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ०१:२६ |सिड्नीको समय: २३:२६ |काठमाडौंको समय: १९:११

तत्कालिन गृहमन्त्री रामबहादुर थापा’बादल’का सल्लाहकार ईन्द्रजित राई पक्राउ !

एएनजेड खबरमे २, २०२३

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भई पाँच करोड बढी रकम उठाएको आरोपमा इन्द्रजित राई पक्राउ परेका छन् ।

उनलाई आज बिहान ललितपुरबाट पक्राउ गरिएको काठमाडौंले जानकारी दिएको छ ।नेकपा एमालेको उपाध्यक्ष समेत रहेका रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा राई सल्लाहकारमा नियुक्त भएका थिए । उनीविरुद्ध सरकारी वकिलको कार्यालयबाट वारेन्ट जारी भएको थियो ।

तत्कालिन सरकारले तेस्रो मुलुक जान छुटेका भुटानी शरणार्थीको प्रमाणीकरणका लागि २०७६ वैशाखमा पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । सोही प्रतिवेदनको अनुसूचिमा नाम थपेर अमेरिका पठाइदिने भन्दै गिरोहले झापा, मोरङ, सुनसरी, कास्की, बाग्लुङ लगायतका जिल्लाका मानिसहरुबाट रकम असुली गरेको प्रहरीको अनुसन्धानले खुलेको हो।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा दाङका सन्देश शर्मा, मोरङका केशव दुलाल, सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङलाई पक्राउ गरिसकेको छ।

तपाइँको प्रतिक्रिया