आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ००:३१ |सिड्नीको समय: २२:३१ |काठमाडौंको समय: १८:१६

पूर्वराजा ज्ञानेन्द्र शाह दुलोबाट मुसाले बिरालो हेरेजसरी हेरिरहेका छन् : केपी ओली

एएनजेड खबरमे १, २०२३

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह दुलोबाट मुसाले बिरालो हेरेजसरी हेरिरहेको टिप्पणी गरेका छन्। उनले पुर्व राजाले अनुकूल परिस्थितिको खोजी गरिरहेको भन्दै यसबारे सरकारले निरिहता देखाएको आरोप समेत लगाए ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले, ‘अहिले चौंतर्फी ढंगले बिभिन्न प्रकारका तत्वहरु, अनेक प्रकारले लोकतन्त्रका विरुद्ध, जनताले पाएका अधिकारहरुको विरुद्ध सक्रीय भएर सल्बलाउन थालेका छन्। कोहीकोही दुलाबाट फुत्त निस्केलानकि जस्तो गरेर दुलोबाट मुसोले विरालो हेरेजसरी अनुकूल स्थिति आयो कि आएन भनेर यसो हेर्न थालेका छन्। नेपाली जनता सजग हुनु पर्दछ।,’

यस अघि ईलाममा भएको एक कार्यक्रममा पनि पुर्वराजा प्रति खनिएका ओलीले ,’बढ्ता फुरफुर नगर’, हिसाब किताब गर्न नपरोस्, छोरा बुहारी अगाडि सारेर बढ्ता फुरफुर नगर,’ भन्दै शाहलाई चेतावनी दिएका थिए।

तपाइँको प्रतिक्रिया