शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १०:०८ |सिड्नीको समय: ०८:०८ |काठमाडौंको समय: ०३:५३

नेपाल र यूएई बीचको फाइनल खेल भोली पुन: हुने

एएनजेड खबरमे १, २०२३

एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएईको फाइनल खेल बर्षाका कारण भोलिसम्मको लागी रोकिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाललले टस जितेर फिल्डिङ रोजेको थियो। ब्याटिङको निम्तो पाएको युएईले २७.२ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो।

त्यसपछि लगातार वर्षाको कारण खेल पुनः सुरु हुन सकेन। भोली पुन: हुने खेल आजकै स्कोर बाट शुरु हुने छ।

नेपालका लागि ललित राजवंशी एक्लैले ३ विकेट लिए। करण केसी र सन्दीप लामिछानेले समान दुई विकेट लिए। सोमपाल कामी र गुलसान झाले एक एक विकेट हात पारे।

तपाइँको प्रतिक्रिया